Search

अमेरिकाको न्यूयोर्कमा नेवारी संस्कृति अनुसार गुफा राख्ने (बाह्रा त्येगु) कार्य सम्पन्न


Niva and Jeita

नेपालमा रहेका जातजाती मध्य नेवार समुदायलाई संस्कृतिको धनी जातिको रुपमा लिने गर्दछ । मानिसको रहनसहन र रितीरिवाजहरुलाई संस्कृतिको रुप मनाउने चलन यस जातिको पहिचान नै बनेको छ । यस्तै संस्कृतिको रुपमा मनाइने प्रचलित परम्परा मध्ये गुफा राख्ने अर्थात बाह्रा त्येगु पनि एक हो । नेवारी संस्कृति अनुसार बेल विवाह (इही) र गुफा राखी सुर्यसँग विवाह गर्दा नेवार महिलाहरु विधवा हुनु नपर्ने विश्वास छ । नेवारी परम्परामा यो कर्मलाई महत्वपूर्ण संस्कारको रुपमा लिइन्छ । 

नेवार समुदायमा किशोरी केटीलाई बाह्र दिनसम्म सूर्यको प्रकाश र लोग्नेमान्छेको दर्शन समेत गर्न नदिई लुकाएर राख्ने र त्यसपछि सूर्यसँग विवाह गर्ने परम्परालाई गुफा राख्ने अर्थात बाह्रा त्येगु भनिन्छ । यो अवधीमा आफन्त तथा इष्टमित्र द्वारा मकैं, भटमास, गहुँ को साथै अरु गेडागुडी र हरियो लसुन सहितको खानेकुरा तयार पारी ख्वाउन लगिन्छ । जसलाई समग्र रुपमा नेवारी भाषामा छुस्या: मुस्या: ख्वाउने भनिन्छ । कोहीले बाह्र दिनको सट्टा दुई दिन मात्र गुफा राख्ने चलन पनि छ भने कोहीले आफ्ना छोरीहरुलाई गुफा राखेको किशोरी सँग एक दिन मात्र राखेर पनि यो कार्य सम्पन्न गरिन्छ । उक्त अन्तिम दिनमा छुस्या: मुस्या: ख्वाउन आउनेहरु र अन्य नजिकका नातेदारहरुलाई बोलाई भोज ख्वाउने चलन छ ।

संसारको जुनसुकै कुनामा चाहे किन नहौउ, हामी हाम्रो संस्कृति र परम्पराबाट टाढा हुन सक्दैनौ । साथै हामी हाम्रा चाडपर्ब र परम्परालाई असाध्य माया गर्छौ । यसै साता श्रीपञ्चमीको दिन(जुन दिन विवाह, ब्रतबन्ध, बेलविवाह, गुफा राख्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्नको लागि साइत हेर्नु नपर्ने विश्वास गरिन्छ) अमेरिकाको न्यूयोर्कमा पनि जेइता महर्जन (ललितपुर ठेचो घर भई हाल न्यूयोर्क बस्नु हुने हरि गोविन्द महर्जन र रचना महर्जनको सुपुत्री) र निभा महर्जन (किर्तिपुर घर भई हाल न्यूयोर्क बस्नु हुने अमन महर्जन र शभाना महर्जनको सुपुत्री)को गुफा राख्ने काम सम्पन्न भएको छ । सात समुन्द्र पारी रहेर पनि नेवारी संस्कृति र परम्परा अनुसार नेपालको झल्को आउने गरी उक्त कार्य सम्पन्न गर्न पाउदा किशोरीहरुका आमा-बाबुका साथै सबै सहभागीहरु खुशी भएका छन् । 

कटुन्जे हिल by sharmila shahi (sha)


छितिजको पारीबाट तिम्रो आगमन भएको बेला 
बनभोज तयारीमा अहा क्या रमाइलो मेला
एकपछी अर्को कुरा हाँसोको त लहरा नै भयो 
के त्यहा बोल्नेहरु क्लासका ज्ञानी मित्र हरु नै हो ?
देव ईन्द्र को जाल बुन्दै ब्यस्त देबेन्द्र जि 
आफुलाई नव युवा भन्दै गफै हाक्ने युबराज जि
  अर्को मित्र सविन जि उहा मात्र के थिए र कम
उता साथीहरुले भ्याइसकेछ नसा नसामा रम
हिडदै डुल्दै पूगिहाल्यौ शिव जि को पाऊमा
 भोला सर आउछु भनी न आउने पो दाउमा
 पिएम सर,श्याम सर मित्रहरु नजिक का टाढा
 यही बनभोज ले  थपिदियो है सबैमा आफ्नोपन गाढा 
दिपकको अन्धकार आरतीलिए हटाइदिये 
शर्मिला कहाँ शर्माउछ र त्यो भाव नि मैले झल्काइदिए
 प्रमिशा को प्रेम आहा निता को त्यो बोली
मुटु भित्रै पस्यो हजुर माया रुपी अमिट गोली
शर्मिला र सुजिता को साथ हेर बेग्लै थियो 
रन्जना म्याम को एस् पलस एस् ले झन्डै मेरो ज्यान लियो
 जोशिया को जोश आहा रमाइलो पक्कै भयो 
यसरी नै आजको दिन साँझमा ढल्दै गयो
पूर्ण जि को साथ भए, बनभोज हुन्थ्यो पुरै पूर्ण 
लौ न साथी कसरी गर्ने यो एम ए उतिर्ण  
रमाइलो बिच आएको थियो यही प्रश्न  बारबार
 प्रतिमा साथी भन्दै थिइन आज यो question please no entry yaar..........BY LOVELY SHARMILA SHAHI

.
katunje hill
katunje hill

                                                                                                           





beach side visit...