Search

नेवाः दबू कोलोराडोले धिमेबाजासहित पूर्व नेपाल सुन्दरी श्रेष्ठलाई सम्मान





कोलोराडोमा क्रियाशील पाँच संस्थाहरुले २०१३ मा नेपाल सुन्दरी हुन सफल कोलोराडो निबासी ईशानी श्रेष्ठलाई संयुक्त रुपमा भव्य सम्मान गरेका छन् । नेवाः दबू कोलोराडोको सक्रियतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्ड्स अफ नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो रहेका छन् ।

यही जुन २२ आईतबारका दिन बुरमफिल्ड लाईब्रेरीमा आयोजना भएको कार्यक्रममा ईशानीलाई नेवारी धिमेबाजा बजाउँदै हल प्रवेश गराईएको थियो । त्यसपछि भएको सम्मान कार्यक्रममा नेवाः दबू कोलोराडोका अध्यक्ष भुषण श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गरेका थिए भने नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, रकिमाउण्टेन फ्रेन्ड्स अफ नेपाल अध्यक्ष शरद आचार्य, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभा र तमुधी कोलोराडोका अध्यक्ष रमेश गुरुङले खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मानित ईशानीलाई आयोजक पाँचै संस्थाका अध्यक्षहरुको हस्ताक्षर भएको सम्मान पत्र संयुक्त रुपमा प्रदान गरिएको थियो । सोही कार्यक्रममा ईशानी जस्ती सुन्दर र साहसिक छोरी जन्माउन सफल भएको भन्दै ईशानीका बाबु बिके श्रेष्ठ र आमा बिनुलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।